अदृष्यको ‘एक चोटी’

काठमाडौं । आगामी साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा अदृश्यको पहिलोे गीत ‘एक चोटी’सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सिनेमाका मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेत फिचर्ड छन् । गीतको भिडियोमा अभिनेता अग्रहरी र अभिनेत्री बस्नेतलाई रोमान्टिक अवतारमा नृत्य गरिरहेको देख्न सकिन्छ ।

विशाल पौडेलको शब्द रचना तथा संगीत रहेको सार्वजनिक गीतमा संगीतकार पौडल र सिमा संग्रौलाको स्वर सुन्न सकिन्छ । सिनेमाको सार्वजनिक गीतको भिडियो तथा अडियो पक्ष औसत छ । प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमामा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री सिनेमाका सहनिर्माता हुन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमामा प्रमोद र रिस्ताका अलवा सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको सिनेमाका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् । सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *