सरकारले संविधान र लोकतन्त्रको चीरहरण गरेको महासचिव पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र लोकतन्त्रको चीरहरण गरेको आरोप लगाएका छन् । शुक्रबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपतिको कदम , आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग यसैको उदाहरण भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री भारत भ्रमणमा उड्ने बेलामा मन्त्रिपरिषदको निर्णयका आधारमा निष्कृय बनेको नागरिकता विधेयक प्रमाणिकरण गर्ने राष्ट्रपतिको कदम , आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्ति र कोशी प्रदेशमा सरकार गठनमा सभामुखको दुरुपयोग राष्ट्र, संविधान र लोकतन्त्रको चीरहरणगर्ने घटनाहरु हुन् । यस्ता घटना र प्रवृत्तिको जति आलोचना गरेपनि कम हुन्छ । उक्त घटनाका सन्दर्भमा सत्ता गठवन्धनमा सहभागी दलहरुको बचाउले त्यसवाट नैतिक मूल्यमा भएको क्षतिको भर्पाई हुन सक्तैन । राष्ट्रको गरिमा, संविधान र लोकतत्रको रक्षाका लागि सबै जिम्मेवार दल र नेताहरु गम्भीर हुनुपर्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *