सरकारले आफ्नै निर्णय उल्ट्यायो, अव कोरोना संक्रमितको निःशुल्क उपचार हुने

 

काठमाडौं । कोरोना संक्रमणको महामारी फैलिरहेको बेला सरकारले सरकारी अस्पतालमा उपचारत ब्यक्तिसंग शुल्क लिने निर्णय फिर्ता गरेको छ ।
चौतर्फी विरोध भएपछि सरकारले आफ्नो पूर्व निर्णय उल्ट्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको छ ।

मन्त्रिपरिषदको बैठकले गरिब तथा विपन्न बाहेकले कोरोनाको परीक्षण तथा उपचार खर्च आफै बेहोर्नु पर्ने यसअघिको आफ्ना निर्णय सच्याउने निर्णय गरेको हो ।

अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ र सरकारी अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *