साउदी अरबको जेहादस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षा गार्डको मृत्यु

काठमाडौं । साउदी अरबमा गोली प्रहारबाट एकजना नेपाली सुरक्षा गार्डसहित दुई जनाको मृत्यु भएको छ । जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवनबाहिर भएको घटनामा नेपालीसहित दुई जनाको मृत्यु भएको हो ।

बन्दुक बोकेका ती व्यक्ति कारमा आएका थिए। सुरक्षाकर्मी र बन्दुकधारीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको हो । अमेरिकी विदेश मन्त्रालयले घटनाको पुष्टि गर्दै आफ्ना नागरिकलाई भने केही नभएको जनाएको छ ।

घटनाबारे साउदी अरेबियाका निकायहरूले अनुसन्धान सुरु गरेका छन् । रोयटर्स समाचार संस्थाले साउदी अरबको सरकारी समाचार संस्था एसपीएलाई उदृत गर्दै अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्ड घटनामा घाइते भएको र त्यसको केही समयमा उनको मृत्यु भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *