ओलावालेको ह्याट्रिकमा मछिन्द्र विजयी

काठमाडौं । ओलावाले अफिजले ह्याट्रिक पूरा गरेपछि सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्र फूटबल क्लबले जीत निकालेको छ । बुधबार दिउँसो भएको खेलमा सातदोबाटो युथ क्लबलाई ३-१ गोलले हराउँदै मछिन्द्र लिगको दोस्रो स्थानमा उक्लिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रलाई जीत दिलाउन ओलावालेले ह्याट्रिक पूरा गर्दा सातदोबाटोको लागि जोर्डन पुन मगरले एक गोल गरे । ओलावालेले १७ औं, ४५+३ औं र ५६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । सातदोबाटोको लागि ८७ औं मिनेटमा जोर्डनले सान्तवाना गोल गरे ।

जीतसँगै मछिन्द्र २३ खेलबाट ३९ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिदा समान खेलबाट २९ अंक जोडेको सातदोबाटो सातौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *