सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलमन्त्री थप उपचारका लागि काठमाडौंमा

गोदावरी । स्वास्थ्य अवस्थामा सुधार नआएपछि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

यही कातिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाहलाई कैलालीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालबाट थप उपचारका लागि आज सिम्रिक एयरमार्फत काठमाडौँ लगिएको उनका स्वकीय सचिव जङ्गबहादुर विकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *