दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् जेठ ३ गते बुधबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० जेठ ३ गते बुधबार इश्वी सन् २०२३ मे १७ तारीख जेष्ठ कृष्णपक्ष त्रयोदशी तिथि । रेवती नक्षत्र आयुष्मान योग गर करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा उत्पात योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, विश्व उच्च रक्तचाप दिवस, विश्व दुरसञ्चार दिवस मदन आश्रीत स्मृति दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ । नयाँ कार्य थालनीको योग रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ । व्यापार व्यवसायमा समय उत्तम रहने छ । दाम्पत्य सम्बन्धमा सुधार रहने छ । प्रतिस्पर्धाजन्य कार्यमा समय उत्तम रहेको छ । अधुरा कार्यहरु सुचारु गर्न समयले विशेष साथ दिनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा सावधान रहनुहोला । मनोरञ्जनमूलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ । तात्कालीक खर्चका कारण सामान्य आर्थिक झमेलामा फस्न सकिने सम्भावना रहेको छ । सामान्य आर्थिक अभावको सामना गर्नुपर्ने दिन रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धामा अबल रहिने छ । आयमूलक कार्यको थालनी हुनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिश्रमको उचित मुल्याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ । मान्यजनको साथ सहयोगको कमी महसुस गरिने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुनसक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । पारिवारको साथ सहयोगद्वारा आम्दानी क्षेत्रमा मार्ग दर्शन मिल्ने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफन्तजनबीच भेटघाट हुन सक्ने सम्भावना रहेको छ । पराक्रममा बृद्धि हुनेछ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय व्यतित रहने छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजुभाइ तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
वाणिका कारण सामान्य वादविवाद आईपर्न सक्ने छ । नजिकका साथीभाइहरूसँग सामान्य मनमुटाब हुन सक्ने छ । शारीरिक अस्वस्थताको सामना गर्नुपर्ला । गरिरहेको कार्यक्षेत्र परिर्वतनको सम्भावना रहेको छ । मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनुपर्ने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनको साथ सहयोगको कमी महसुस गरिने छ । भौतिक स्राेतसाधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ साथै जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्ने छ । व्यापार व्यवसायमा साझेदारी नगरे कै बेश हुनेछ । शारीरिक आलस्यताले सताउँने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आयआर्जनमा विशेष फाईदा रहला । स्वास्थमा भने सामान्य समस्या देखापर्ने छ । असम्बन्धित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । घर परिवारबाँट टाढाँ भएको अनुभूति हुनसक्ने छ । सामाजिक कार्यका क्षेत्रमा अघि नबढ्नु होला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिकाे भेटघाटमा मन प्रशन्न रहने छ । पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । सामान्य संघर्ष पश्चात् मनग्य आम्दानीका स्राेतहरु फेला पर्नेछ । विद्यार्थी वर्गका लागि दिन उत्तम रहने छ । रचनात्मक कार्यको क्षेत्रबाट आफूलाई अब्बल तुल्याउन सकिने समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । भौतिक साधनको प्रयोगमा समय व्यतित हुन सक्छ । व्यापार व्यवसायकाे क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरिएको कार्यको उत्तम प्रतिफल प्राप्त हुनाले मन हर्षित रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँकार्य थालनीका निम्ति आँट र साहसको कमि आउँने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्ने छ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटिलो साबित हुन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोट पटकको सिकार भइनसक्छ सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थिर क्षेत्रमा गरिएको लगानीको उत्तम प्रतिफल प्राप्त रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *