नक्कली शरणार्थी प्रकरणमा देखाउने भनेको जति फिल्म सुरु भएको छैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी छुट्न नहुने र निर्दोष फस्न नहुने बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले निर्दोष फस्न हुँदैन भन्नै आफ्नो धारणा रहेको बताए ।

उनले यो प्रकरणको पूरै ‘फिल्म’ हेर्न भने बाँकी रहेको बताए । उनले भने,‘देखाउने भनेको जति फिल्म सुरु भएको छैन । देखाउँछु भन्नेले देखाउनु पर्छ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाएपछि प्रधानमन्त्रीले अहिले ट्रेलर मात्रै भएकाले फिल्म देखाउन बाँकी रहेको बताएका थिए । यसप्रकरणमा संलग्न भएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित एकदर्जन पक्राउ परेका छन् । एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *