आयरल्याण्डको विमान कम्पनी र्यानएयरले बोइङ ७३७ म्याक्स विमान किन्ने

आयरल्याण्डको विमान कम्पनी र्यानएयरले ४० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका बोइङ ७३७ म्याक्स विमान मगाउने निर्णय गरेको छ । ती जेट विमानहरू सन् २०२७ देखि २०३३ को बीचमा उपलब्ध गराइनेछ ।

यद्यपि, डबलिनस्थित कम्पनीले सम्झौताको आकार र स्वरूपको कारण सेप्टेम्बरमा हुने वार्षिक साधारण सभामा शेयरधनीको अनुमोदनको अधीनमा रहने बताएको छ । यो घोषणा बोइङका लागि पछिल्लो आर्थिक उन्नतिको अवसर हो । बोइङ् कोभिड–१९, विश्वव्यापी मन्दी र दुई घातक दुर्घटनापछि ७३७ म्याक्सको लामो समयसम्म उडान स्थगनका कारण ठूलो मन्दीबाट गुज्रिरहेको छ ।

एयरका प्रमुख कार्यकारी माइकल ओलेरीले बोइङको नयाँ ७३७ म्याक्स–१० विमानमा २२८ सिट क्षमता रहेको र यो हालको बोइङ विमानको तुलनामा २० प्रतिशत बढी भएको बताए । ‘

भर्जिनियाको मुख्यालयस्थित बोइङको आर्लिङ्गटनमा आयोजित हस्ताक्षर कार्यक्रममा ओलेरीले नयाँ विमानको लागत कम हुने, यसलाई कम हवाई भाडाका रुपमा प्रदान गरिने र यसले हाम्रो वृद्धिलाई गति दिने बताए । सन् २०२३ को तुलनामा सन् २०३४ सम्ममा वार्षिक यात्रु आवागमनमा ८० प्रतिशतले वृद्धि गरी ३० करोड यात्रु पु¥याउने लक्ष्य कम्पनीले राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *