सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित

काठमाडौं । लोकसेवा आयोगले गत असोज २८ गते खुला गरेको सहसचिव र उपसचिवको विज्ञापनको दर्खास्त स्थगित गरेको छ । सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि भन्दै लोकसेवा आयोगले असोज १८ गते खुलाइएका सबै विज्ञापनको दर्खास्त लिने काम स्थगित गरेको हो ।

आयोगले बुधबार सूचना जारी गरी अब अर्को सूचना जारी नहुँदासम्म ती पदहरुका लागि दरखास्त नलिइने जानकारी दिएको छ । आयोगले असोज १८ गते ११ औं र ९औं तहका लागि विभिन्न ३ वटा विज्ञापन खुला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *