काठमाडौं । समाजवादी पार्टीको कार्यदलले सांसद तथा पार्टी नेतृ सरिता गिरीलाई कारबाही गर्न सिफारिस गरेको छ । त्यसअनुसार पार्टीले निर्णय गरेमा गिरीको सांसद पद कायम रहने छैन ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उनले नेपालको दाबी नपुग्ने भन्ने आशयसमेत व्यक्त गरेकी थिइन् ।
गिरीको गतिविधिबारे छानबिन गर्न समाजवादी पार्टीले रामसहायप्रसाद यादवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले उनलाई कारबाही गर्न सिफारिस गरेको हाे ।
