काठमाडौँ । लकडाउनसँगै सञ्चालनमा आएको नेपाली ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेस (gyapu.com) ले जी–बार सञ्चालमा ल्याएको छ । जी–बारअन्तर्गत् अल्कोहल र तयारी खाजा राती ३ बजेसम्मै पनि डेलिभरी गर्ने सुविधा रहेकाे बताइएको छ ।
सुरु भएको ९० दिनभित्र नै १५ हजारभन्दा बढी सामानहरु घर घरमा डेलिभरी गर्न सफल भैसकेको अवस्थामा हाल ७ हजारभन्दा बढी सामानहरु सजिलै अनलाईनमार्फत् खरिद गर्न सकिन्छ भने हरेक दिन ५ सयभन्दा बढी नयाँ नयाँ सामानहरु थप भैरहेको छन् । हालसम्म ३५ जनाभन्दा बढीलाई रोजगार दिन सफल उक्त कम्पनीले हरेक भेन्डरको सामानहरूकाे फाेटाे आफ्नै स्टुडियोमा चार जना डेडिकेटेड फोटोग्राफरमार्फत् खिच्रने काम भइरहेकाे छ । हालसम्म लिमिटेड बिग सप्लाएर्स र डाइरेक्ट्क कम्पनीहरुसँग नै सहकार्य भैरहेको छ । सामान बिक्री भएको ३ देखि ५ दिनभित्रै भेन्डरलाई भुक्तानी दिने र निःशुल्क सामान डेलिभरी गर्ने आकर्षक योजनाहरु अगाडि ल्याएको छ ।
जी–बार एउटा भर्चुअल बार हो, जहाँ ग्राहकले घरमै मेनु पाउनेछन् र आफुलाई आवश्यक सामग्री ग्यापु डटकमबाट सोझै अर्डर गर्न सक्छ्न् । सहजताका लागि फेसबुक पेजमा च्याटमार्फत् र ९८०१८५५५४९ मा फोन वा ह्वट्सएप गरेरसमेत् अर्डर गर्न सकिन्छ । जी–बारअन्तर्गतका सामग्री एक घन्टाभित्र घरैमा डेलिभरी गरिने ग्यापु मार्केटप्लेसका संस्थापक ज्ञानेन्द्र खड्काले बताए ।
लकडाउनका कारण बार तथा रेस्टुरेन्ट बन्द भएको समयमा ग्राहकहरुलाई सेवा दिन भर्चुअल बार सञ्चालनमा ल्याइएको खड्काको भनाइ छ । जी–बारको सेवा सातै दिन चौबीसै घण्टा उपलब्ध रहने खड्काले जानकारी दिए । ग्राहकले अर्डर गरेको एक घण्टामा घरमै डेलिभरी गरिने खड्काले बताए ।
असार २४ गते बिहीवारबाट सुरु भएको यो जी–बारमा ओपनिङ अफरअन्तर्गत् २४ र २५ गते १२ सय रुपियाँभन्दा बढी खरिद गर्ने सबै ग्राहकलाई थप २ सय रुपैयाँ बराबरको सपिङ भौचर प्रदान गरिने खड्काले उल्लेख गरे ।
विभिन्न ब्राण्डका अल्कोहल, चिसो पेय, कक्टेल, मोक्टेल, हुक्कासँगै तयारी खाजामा मः म, सुकुटी फ्राइ, बफ र चिकेन चिल्ली, फ्राइड राइस, बदाम साँधेको उपलब्ध हुनेछ । त्यस्तै लेज, कुर्कुरे, दालमोठ पनि डेलिभरी गराइने खड्काले जानकारी दिए ।
ग्राहकले सामान खरिद गर्दा फोनपे, कनेक्ट आइपिएस, इ–सेवा, खल्ती, प्रभुपे, आइएमइ पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला डेबिट र क्रेडिट कार्डमार्फत् पिओएस मेसिनमा स्वाइप गर्ने सुबिधासमेत उपलब्ध छ । साथै ग्राहकले डेलिभरीको समयमा नगदसमेत दिन सक्छ्न् । कुनै पनि नेपालको तथा विश्वका कुनै पनि बैँकको कार्डबाट सजिलै अनलाईन मै भुक्तानी पनि गर्न सकिन्छ भने फोनपे इन्टिग्रेटेड र सबै बैंकको मोबाइल बैन्किङमार्फत् पनि सजिलै भुक्तानी गर्न सकिने छ ।
जि–बारमार्फत सजिलै अर्डर गर्न कम्पनीले अनलाईन लिंक पनि सार्वजनिक गरेको छ । ग्राहकले https://bit.ly/3ecQHHi मा लग गरेर अर्डर गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
