दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् बैशाख ३ गते आइतबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०८० बैशाख ३ गते आइतबार इश्वी सन् २०२३ अप्रिल १६ तारीख । वैशाख कृष्णपक्ष एकादशी तिथि शतभिषाा नक्षत्र शुक्ल याेग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा राक्षस याेग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु बरुथिनी एकादशी व्रत, भ.पु. ब्रह्माणी यात्रा (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
वाणिमा मधुरता छाउने छ । नयाँ कामको थालनीले मन प्रशन्न रहने छ । मेहेनत र परीश्रमको कदर हुनसक्ने योग रहेको छ । नयाँ लगानीका निम्ति उत्तम समय रहेको छ । रचानात्मक कार्यमा जुट्ने समय रहेको छ । आयआर्जनको लागि राम्रो समय रहेको छ । हरकोहीको पूर्णविश्वास नगर्नुहोला, धोका हुनसक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तिको योग बन्नेछ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनुपर्ने समय रहेको छ । सबारी साधनको प्रयोगमा सजग रहनुहोला । गरिरहेको कार्य क्षणिक रुपमा परिवर्तन गर्नुपर्ने समय रहेको छ । शुभ चिन्तकहरुको साथ सहयोगद्वारा अधुरा कार्यहरु सम्पादित हुनेछन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेको छ । आय आम्दानीमा विशिष्ठ व्यक्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहने छ । तपाईँको आलोचना गर्ने  व्यक्तिहरु बढ्ने छन् । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेको छ । अरुको पूर्ण विश्वासमा गरिएका कार्यले अपजस दिलाउने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विश्वासिला  व्यक्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नुपर्ने छ । खानपानका कारण स्वास्थ्यका क्षेत्रमा सामान्य तनाबको सामना गर्नुपर्ने समय रहेको छ । शुभ चिन्तकहरुको माध्यमबाट आम्दानीका स्राेतहरु सबल तुल्याउन सकिने समय रहेको छ । वाणिका कारण सामान्य वादबिवादको झमेलामा फसिँएला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आर्यआर्जनका निम्ति सामान्य यात्रा निम्त्याउने समय रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । नयाँ लगानी गर्न उत्तम समय रहेको छ । समयमा गरिएको सही निर्णय उत्तम साबित हुने छन् । जीवन साथीको साथ सहयोगमा व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिस्पर्धाजन्य कार्यमा विशेष सजग रहनुहोला । पारिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहने छ । सामान्य आर्थिक संकटको सामना गर्नुपर्ला । मनोरञ्जनका निम्ति सामान्य यात्राको योग रहेकाे छ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आय आम्दानीमा विशिष्ठ व्यक्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहने छ । पठन पाठनका निम्ति समय उत्तम रहने छ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहने छ । आफूभन्दा सानाको स्वास्थ्यमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आईपर्ने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तपाईँद्वारा सम्पादित कार्य चर्चा योग्य साबित रहने छ । सभा सम्मेलनजन्य कार्यमा सरिक हुने तथा मानसम्मान प्राप्तिको सम्भावना रहेको छ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेको छ । व्यापार व्यवसाय मध्यम रहने दिन रहेको छ । सवारी साधनको प्रयोगमा विशेष सावधान रहनुपर्ने समय रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कार्य सम्पादनको उत्तम श्रेय तपाईँलाई प्राप्त रहनाले मन हर्षित रहने छ । तपाईँको आलोचना गर्ने व्यक्तिहरुको कमि नरहला । प्रिय मित्रजनसँगको भेटघाटले मन हर्षित रहने योग रहेको छ । भोजभतेरजन्य कार्यमा सरीक हुने योग रहेको छ । मित्रजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्थीर क्षेत्रमा गरिएका लगानी दीर्घकालीन आम्दानीको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय व्यतित गर्दा मन हर्षित रहने छ । खानपानमा भने सजग रहनुहोला । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउने छ । वाणिका कारण सामान्य वादविवादको सामना गर्नुपर्ने समय रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रभावशाली व्यक्तित्वको विकास हुनेछ । कार्य सम्पादनमा आँट र साहसमा वृद्धि हुने समय रहेको छ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहने छ । नयाँ लगानी गर्न उत्तम समय रहेको छ । जीवन साथीको साथ सहयोमा नयाँ कार्यको थालनी हुने समय रहेको छ । कार्य सम्पादनमा आएको असहज परिस्थितिहरु सुधार उन्मुख रहने छन् ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
असम्बन्धित व्यक्तिहरुको विश्वासमा कार्य नसुम्पिनु उत्तम रहने छ । तपाईँको आलोचना गर्ने व्यक्तिहरूको कमि नरहला । पारिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहने छ । प्रतिस्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थिक अभावको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *