थ्री-स्टार विजयी, चर्च ब्वाइज रोकियो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब विजयी हुँदा चर्च ब्वाइज युनाइटेड बराबरीमा रोकिएको छ । बिहीबार बेलुकी भएको खेलमा फ्रेन्ड्स क्लब र चर्च ब्वाइजले १-१ गोलको बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्चको लागि जोस्पेह बेम्पाहले एक गोल गर्दा फ्रेन्ड्सको लागि अमित तामांङले एक गोल फर्काएका हुन् ।

जीतसँगै चर्च ब्वाइज ८ खेलबाट १४ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ भने समान खेलबाट  ५ अंक जोडेको फ्रेन्ड्स क्लब १३ औं स्थानमा रहेको छ ।

यस्तै आजै भएको अर्को खेलमा थ्री-स्टार क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोलले हराएको हो । एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री-स्टारलाई जीत दिलाउन अजयी मार्टिन्सले एक गोल अग्रेका हुन्

जीतसँगै थ्री-स्टार ८ खेलबाट १४ अंक जोड्दै लिगको पाँचौ स्थानमा उक्लिदा समान खेलबाट ४ अंक जोडेको पुलिस पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *