काठमाडौँ । आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (मंगलबार)का लागि तय गरिएको भेटवार्ता भर्खर बालुवाटारमा सुरु भएको छ ।
पार्टीमा बढेको गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो । आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्लाएक्लै छलफलमा बसेका थिए ।
नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक भोलि बुधबारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन् । आज र भोलिसम्म नेकपामा सहमति हुने विश्वास रहेको एक नेताले बताएका छन् ।
