‘प्रसाद-२’ को ‘मार्सी धान’

काठमाडौं । चलचित्र ‘प्रसाद-२’ को अफिसियल गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ। मंगलबार ओएसआस डिजिटल युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो।

गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको स्वर छ। गीतमा गायक शिवाकोटीकै शब्द र संगीत छ। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, केकी अधिकारीसहित, सरोज अधिकारी, आश्मा विश्वकर्मालगायत छन्।

यही चैत २४ गते प्रदर्शन हुने चलचित्रका निर्देशक सुदर्शन थापा हुन्। यो चलचित्र ‘प्रसाद’ को भाग दुई हो। फिल्ममा अन्य कलाकार अर्पण थापा, कमलमणि नेपाल, महेश त्रिपाठी, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *