पूर्वी कङ्गोमा भएको भिडन्तमा कम्तीमा १९ जनाको मृत्यु

पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा रातभर भएको सशस्त्र भिडन्तमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

उत्तरी किवुका पूर्व गभर्नर कार्ली जान्जु कासिभिताले उत्तरी किवु प्रान्तको बेनीको इलाकामा पर्ने किरिन्दरा गाउँमा भएको सशस्त्र भिडन्तमा कम्तीमा १९ सर्वसाधारणको मृत्यु भएको हो ।

विद्रोहीले एक स्वास्थ्य केन्द्रसहित गाउँका कैयौँ भवनमा आगजनी गरेका उनले बताए । बेनी क्षेत्रका दुई गाउँमा बिहीबार एडीएफ विद्रोहीले गरेको अर्को आक्रमणमा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो ।

एडीएफको स्थापना सन् १९९० को दशकमा युगाण्डाका विभिन्न विपक्षी आन्दोलनहरूले गरेका थिए ।

युगान्डाको सेनाद्वारा पराजित यी विद्रोहीहरू पूर्वी डीआरसीमा सक्रिय रहे, जसले गर्दा डीआरसी र युगान्डाबीच एडीएफ विद्रोहीहरूको खोजी गर्न संयुक्त कारबाही भएको थियो । उनीहरू अहिले मध्य अफ्रिकामा इस्लामिक स्टेटको सहयोगी पनि हुन् । दशकौंदेखि बेनी क्षेत्रमा सक्रिय एडीएफ विद्रोहीले सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *