टस जितेर नेपाल ब्याटिङमा

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत केहिबेरमा युएईविरुद्ध हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा नेपालले दुई परिवर्तन गरेको छ । पीएनजीविरुद्ध खेलेका ज्ञानेन्द्र मल्ल र करण केसीको स्थानमा ललित राजवंशी र गुलसन झा टोलीमा फर्किएका छन् ।

आज हुने खेलमा नेपाल युएईलाई हराउँदै एकदिवसीय मान्यता कायम राख्ने लक्ष्यसहित मैदान उत्रिनेछ । आजको खेलमा जीत निकाल्न सके नेपालको चार वर्षको लागि एकदिवसीय मान्यता कायम रहनेछ भने सिधै विश्वकप छनोट खेल्ने लक्ष्यपनि जीवित रहनेछ । आजको खेलमा पराजीत भएको खण्डमा नेपालले एकदिवसीय मान्यताको लागि अर्को खेलसम्म पर्खिनुपर्नेछ भने सिधै विश्वकप छनोट खेल्ने सम्भावनापनि समाप्त हुनेछ ।

नेपाल हाल ३३ खेलबाट २४ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा रहेको छ । आजको खेलमा जीत निकालेको खण्डमा नेपाल चौथो स्थानमा उक्लिनेछ । नेपालले आफ्नो पछिल्लो ९ खेलमा ८ जीत निकालेको छ । युएईमा भएको पछिल्लो सिरिजमा नेपाल युएईसँग एक खेलमा पराजीत हुँदा एक खेल जितेको थियो ।

यता युएईपनि आजको खेलमा नेपाललाई हराउने लक्ष्यसाथ मैदान उत्रिनेछ । पछिल्लो समय खराब लयमा रहको युएईले आफ्नो पछिल्लो ५ खेलमा एक खेल मात्र जितेको छ । युएई पीएनजीसँग लगातार चार खेलमा पराजीत भएको हो । आजको खेलमा पराजीत भएको खण्डमा युएईको एकदिवसीय मान्यतापनि खतरामा जानेछ । हाल युएई ३३ खेलबाट ३१ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ ।

नेपालको प्लेइङ ११ – आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल(कप्तान), भिम शार्की, कुशल मल्ल, दीपेन्द्र सिंह एरी, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, ललित राजवंशी, सन्दीप लामिछाने

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *