काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा हुने युएई र पीएनजी सम्मीलित त्रिकोणात्मक एकदिवसीय सिरिजको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
युएईमा भएको सिरिजको अन्तिम खेल गुमाएका कुशल भुर्तेललाई टोलीमा समेटिएको छ । ग्रोइन इन्जुरीको कारण उनले युएईविरुद्ध भएको सिरिजको अन्तिम खेल गुमाएका थिए । नेपालले भोलि बिहीबार पीएनजीसँग खेल्दै सिरिजको शुरुवात गर्दैछ ।
नेपाली टोली – रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ सेख, सोमपाल कामी, गुल्सन झा, भीम सार्की, ललित राजवंशी