खुल्यो रसुवा नाका

रसुवा । नेपाल र चीनको व्यापारीका नाका रसुवा नाका पुनः संचालनमा आएको छ । चीनको उहानमा गत जनवरीमा देखा परेको कोरोना भाइरस (कोभिड–१९) को महामारी लगत्तै चीनले गरेको लकडाउनसँगै उक्त नाका पनि बन्द भएको थियो । विस्तारै चीनमा संक्रमण घट्दै गएपछि सामान भरिएका कन्टेनरहरु नेपाल छिर्न थालेका हुन । तात्कालिन समयमा नै नेपाल ल्याउन लोड गरिएको सामान लामो समयदेखि चीनको तिब्बती क्षेत्रमा रोकिरहेको अवस्थामा आजबाट ल्याउन थालिएको हो । आज चीनतर्फबाट आएका ४ वटा कन्टेनरलाई पल्टि गराइ ११ वटा कन्टेनरमा सामान नेपाल प्रवेश गरेकाे स्थानीयले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *