दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् आज फागुन १२ गते शु्क्रबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ फागुन १२ गते तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी २४ तारीख शुक्रबार । फागुन शुक्ल पक्ष पञ्चमी तिथि रेवती नक्षत्र पश्चात अश्विनी नक्षत्र शुक्ल योग वालव करण चन्द्रमा मिन राशिमा पश्चात मेष राशिमा आनन्दादि योगमा श्रीवत्स योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ । नयाँ कार्य थालनीको योग रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ । व्यापार व्यवसायमा समय उत्तम रहने छ । दाम्पत्य सम्बन्धमा सुधार रहने छ । प्रतिस्पर्धाजन्य कार्यमा समय उत्तम रहेको छ । अधुरा कार्यहरु सुचारु गर्न समयले विशेष साथ दिनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खराब संगतका कारण सामान्य अपजस सहनुपर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनुहोला । मनोरञ्जनात्मक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक झमेलामा फस्न सकिने सम्भाबना रहेको छ । सामान्य आर्थिक अभाबको सामना गर्नुपर्ने दिन रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धामा अबल रहिने छ । आयमुलक कार्यको थालनी हुनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिश्रमको उचित मुल्याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ । मान्यजनको साथ सहयोगको कमि महसुस गरिनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । पारिवारको साथ सहयोगद्वारा आम्दानीका क्षेत्रमा मार्गदर्शन मिल्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफन्तजनसँग भेटघाट हुन सक्ने सम्भाबना रहेको छ । पराक्रममा वृद्धि हुनेछ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहने छ । मनोबिलासिताका सामान खरीदकाे योग रहेको छ । दाजुभाइ तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
वाणिका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथी भाइहरूसँग सामान्य मनमुटाब हुन सक्नेछ । शारीरिक अस्वस्थताको सामना गर्नुपर्ला । गरिरहेको कार्यक्षेत्र परिर्वतनको सम्भाबना रहेको छ । मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनको साथ सहयोगको कमि महसुस गरिनेछ । भौतिक स्राेत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । साथै, जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्नेछ । व्यापार व्यवसायमा साझेदारी नगरे कै बेश हुनेछ । शारीरिक आलस्यताले सताउने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका निम्ति सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाइदा रहला । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । घर परिवारबाट टाँढा भएको अनुभूति हुन सक्ने छ । सामाजिक सेवाका क्षेत्रमा अघि नबढ्नु होला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगकाे भेटघाटमा मन प्रशन्न रहनेछ । साथै, पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । सामान्य संघर्षपश्चात मनग्य आम्दानीका स्राेतहरु फेला पर्नेछन् । विद्यार्थी वर्गका लागि दिन उत्तम रहने छ । रचनात्मक कार्यको क्षेत्रबाट आफूलाई अब्बल तुल्याउन सकिने समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । व्यापार व्यवबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरिएको कार्यको उत्तम प्रतिफल प्राप्त हुनाले मन हर्षित रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउनेछ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्तिकाे योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थिर क्षेत्रमा गरिएको लगानीको उत्तम प्रतिफल प्राप्त रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *