दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् फागुन ९ गते आजको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ फागुन ९ गते मंगलबार तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी २१ तारीख । फागुन शुक्ल पक्ष प्रतिपदा तिथि शतभिषा नक्षत्र शिव योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा मृत्यु योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु ग्याल्पो लोसार विश्व मातृभाषा दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिस्पर्धाजन्य कार्यमा समय उत्तम रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ । नयाँ कार्य थालनीको योग रहेको छ । मध्याह्नपश्चात् सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ । दाम्पत्य सम्बन्धमा सुधार रहने छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्ने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खराब संगतका कारण सामान्य अपजस सहनुपर्ला । मनोरञ्जनात्मक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नुपर्ने हुनसक्छ, सजग रहनुहोला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रतिस्पर्धामा अबल रहिनेछ । तपाईँको मिहिनेतबाट अरुहरुले फाईदा लिन सक्नेछन् । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना हुनसक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । पारिवारको साथ सहयोगले आम्दानीकाे क्षेत्रमा मार्गदर्शन मिल्ने छ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोबिलासिताका सामान खरीदकाे योग रहेको छ । तपाईँको मिहिनेतबाट अरुहरुले फाइदा लिन सक्नेछन् । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना हुनसक्छ । दाजुभाइ तथा इष्ट मित्रबिच सम्बन्ध सुधार रहने छ । आफन्तजनसँग भेटघाट हुन सक्ने सम्भावना रहेको छ । नजिकका व्यक्तिबाट विश्वासघात हुनसक्छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्ने छ । वाणिका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथीभाइहरुसँग सामान्य मनमुटाब हुन सक्नेछ । शारीरिक अस्वस्थताको सामना गर्नुपर्ला । असम्बन्धित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो हुने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनको साथ सहयोगको कमि महसुस गरिने छ । शारीरिक आलस्यताले सताउन सक्ने छ । भौतिक श्रोत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ ।  साथै, जीवन साथीको सहयोले कार्य सम्पादनमा मद्दत मिल्ने छ । व्यापार व्यवसायका क्षेत्रमा विशेष साबधानी रहनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला । स्वास्थ्यमा भने सामान्य समस्या देखापर्ने छ । असम्बन्धित व्यक्तिको पूर्ण विस्वास नगर्नु नै राम्रो रहने छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्ने छ । प्रतिस्पर्धामा अब्बल रहिने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिको भेटघाटमा मन प्रशन्न रहने छ । पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । सामान्य सघर्षपश्चात मनग्य आम्दानीका स्राेतहरु फेला पर्नेछन् । विद्यार्थी वर्गका लागि दिन उत्तम रहने छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । भौतिक साधनको प्रयोगमा समय व्यतित हुन सक्छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना हुन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्ने छ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाइदा रहला । पराना मित्रजनहरूसँगकाे भेटघाटले सामान्य यात्रा निम्त्याउन सक्ने छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । असम्बन्धित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । सन्तान सम्बन्धि समस्याले सताउनेछ । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *