प्रधानमन्त्री ओलीबाटै राष्ट्रिय सुरक्षामा थ्रेट देखियो : गगन थापा

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीबाटै राष्ट्रिय सुरक्षमा थ्रेट देखिएको बताउँदै कांग्रेस नेता एवं सांसद गगन थापाले भारतीय गुप्तचरसँग भेटघाट गरेकोप्रती आपत्ती जनाएका छन् । सम्बन्धीत मन्त्रालय र निकायको उपस्थिती बिना कुटनीतिक मर्यादा उलंघन गर्दै विदेशी गुप्तचारसँग भेट्नुलाई सामान्य त्रुटीका रुपमा मात्र प्रस्तुत गर्न खोजिए पनि गम्भीर गल्ती भएको उल्लेख गर्दै सांसद थापाले यसको अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

नेपाल–भारत सम्बन्धको पछिल्लो समस्या र जटिलतातको समाधान उच्च स्तरको राजनीतिक तहबाट मात्र सम्भव हुने स्पष्ट पार्दै थापाले भारतको राजनीतिक तहलाई वार्ता र छलफलमा ल्याउने जिम्मेवारी प्रधानमन्त्री र सरकारको भएको उल्लेख गरेका छन् । राजनीतिक तहमा दुईपक्षिय सम्बन्धलाई सामान्य बनाउन छलफल गरेको भए निसन्देह हामीले स्वागत र समर्थन गर्ने बताउँदै उनले राजनीतिक तथा कुटनीतिक मर्यादालाई नाघेर अँध्यारो कोठामा गुप्तचरसँगको भेटघाटबाट नेपाल–भारत सम्बन्धमा निकास निस्कन्छ भन्ने तर्क गर्नु मुर्खता भएको बताएका छन् ।

प्रधानमन्त्री ओली नेपालको अन्तराष्ट्रिय सम्बन्धलाई सहि दिशानिर्देश तथा राष्ट्रिय हितमा प्रयोग गर्न पूर्ण रुपेण असक्षम भएको प्रष्ट पारेको उल्लेख गर्दै उनले भनेका छन् ‘मुख्यसचिव नै परराष्ट्र सेवाको, सचिवालयमा अन्तराष्ट्रिय सम्बन्धका विज्ञ हुँदा हुँदै प्रधानमन्त्री निर्लज्ज भएर विदेशी गुप्तचरसँग भेट सम्भव भएबाट राज्यको कुटनीतिक कौशल मात्र नभई प्रधानमन्त्री वरपरका विज्ञहरुको हैसियत पनि सबै सामु प्रष्ट पारेको छ । र भेट पश्चातको बचाउको प्रायसले सम्पूर्ण राजनीतक व्यवस्थाकै उपहास गरेको छ । यस प्रकरणबाट देश भित्रको समस्याबाट हात उठाएको ओली सरकार कुटनीतिमा पनि पूर्णत असक्षम रहेको पुष्टि भएको छ।’

प्रधानमन्त्रीको भारतिय गुप्तचरसंगको भेटघाटलाई कुटनीतिक मर्यादाको उलङ्घन भनेर सामान्य त्रुटीका रुपमा प्रस्तुत गर्न…

Posted by Gagan Thapa on Thursday, October 22, 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *