पर्वत । पर्वत जिल्ला अस्पतालले उपचारका लागि सुबिधा थप्ने क्रममा पछिल्लो समय आईसियु, भेन्टिलेटर र अक्सिजन प्लान्ट थप गरेको छ ।
पर्वत अस्पतालले गण्डकी प्रदेश सरकारको सहयोगमा ३–३ बेड क्षमताको आइसियु र भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना गरेको हो । ्
पर्वत जिल्ला अस्पतालमा आइसियु, भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना भएपछि पोखरा, काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताल सफल हुँदै गएको अस्पताल ब्यबस्थापन समितिले जनाएको छ । ५– ५ बेडका भेन्टिलेटर र आइसियु बेड स्थापना गर्ने तयारी भएपनि तत्काल आवश्यक पर्दा ३–३ बेड सञ्चालनमा आइसकेको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताए ।
जिल्ला अस्पतालमा स्थापना भएको अक्सिजन जेनेरेसन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारको ६० लाख आर्थिक सहयोगमा प्लान्ट जडान गरिएको हो । अक्सिजन प्लान्टबाट उपकरण स्थापना गरी बुधबारदेखि अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरिएको छ । ‘अब जिल्ला अस्पतालले अक्सिजनको अभावमा पोखरा, काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।’ उनले भने १५ शैयाको पर्वत अस्पताललाई आवश्यक पर्ने र माग भएर आएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ ।
पहाडीले अक्सिजनको अभावमा अस्पतालले शल्यक्रिया समेत रोक्नु परेको स्मरण गराउँदै अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामी अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताए । प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सिधै शैयासम्म पु¥याउने व्यवस्था अस्पताले मिलाएको छ । अस्पतालमा विशेष गरी चिसोबाट उत्पन्न हुने छातीरोग, दमरोग, फोक्सोका बिरामी धेरै सेवा लिन आउने गर्दछन । आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गरेसंगै यस्ता बिरामी तथा शल्यक्रिया गरेका बिरामीलाई ठूलो सहयोग पुग्ने उहाँको अपेक्षा रहेको छ । अस्पतालमा आइसियु र भेन्टिलेटरको सुबिधा समेत थप भएको छ ।
पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना
