दक्षिणकाली माताले सबैको कल्याण गरुन् ! हेर्नुहोस् माघ ११ गते बुधबारको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ ११ गते बुधबार इश्वी सन् २०२३ जनवरी २५ तारीख माघ शुक्ल पक्ष चतुर्थी तिथि पूर्वभाद्रपदा नक्षत्र परिघ योग भद्रा करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा पद्म योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु तिलकुन्द चतुर्थी  (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्यनअध्यापनमा समय उत्तम रहेकोछ । आय आर्जनका निम्ति गरिएकाे लगानी उत्तम साबित रहने छ । सामान्य यात्राको योग बन्नेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । नयाँ लगानी गर्न उत्तम समय रहेको छ । समयमा गरिएको सही निर्णय उत्तम साबित हुनेछन् ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आईपर्नेछ । मान्यजन तथा पारिवारिक साथ सहयोगमा केही दुरताको सामना गर्नुपर्ला । भौतिक साधनको प्रयोगमा विशेष ध्यान दिनु राम्रो रहने छ । विद्या तथा वाैद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु पर्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
काम काजको क्षेत्रमा भने विशेष सजग रहनुहोला । अपजसआइपर्ने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आँट र साहसमा बृद्धि भएता पनि साथीभाइहरू टाढिएको अनुभव हुनसक्ला । मान्यजनहरुको साथ सहयोगमा गरिएका कार्यहरु उत्तम रहने छन । यात्रामा सावधानि अपनाउनुहोला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको गलत अर्थ लाग्न सक्ला । तसर्थ वाणिमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा विशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थसम्बन्धि समस्याको सामना गर्नुपर्ने छ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको विश्वासमा नपर्नु नै उत्तम रहने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापार व्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने व्यक्तिहरूको बृद्धि हुनाले कार्यसम्पादनमा विशेष होसियार हुनुपर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । अधुराकार्य सम्पादनका निम्ति समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य कार्यको निम्ति धेरै समय र परिश्रम खर्चनु पर्नेछ । मनमा सामान्य चिन्ताले बास गर्ने छ । परिवारका सदस्यहरूबाट टाढा भएको महसुस हुनेछ । तात्कालका लागि आर्थिक अभावको सामना गर्नुपर्नेछ । नजिकका व्यक्तिहरूबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईँको कार्य कुशलताले अरु व्यक्तिलाई मोहित बनाउन सक्छ । आम्दानीका स्रोतहरु फेला पर्नाले मनमा उत्साह छाउने छ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनुपर्ला । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन् । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सवारी साधनको प्रयोगमा विशेष ध्यान दिनुहोला । सभा सम्मेलनमा सहभागी हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भावना रहेको छ । व्यापार व्यवसायमा समय राम्रो रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । मानसम्मान प्राप्तिको योग रहेको छ । सवारी साधनको प्रयोमा ध्यान पुर्याउनु होला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँट साहसमा बृद्धि  हुनाले तपाईँका विपक्षीहरू कमजोर रहने छन् । मित्र तथा दाजु भाइ बिचको सम्बन्धमा सुधार आउने छ । श्रम र परिश्रमको राम्रो कदर हुने योग रहेको छ । मनोरञ्जन मुलक यात्राको सम्भावना रहेको छ । माल सामान हराउन सक्ने सम्भावना रहेको छ । अपरिचित व्यक्तिहरूकाे विश्वासमा नपरेकै बेश रहने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खानपानको क्षेत्रमा विशेष ध्यान दिनुहोला । आजको लगानी भोलिका निम्ति फाईदाजनक हुनेछ । स्वास्थ सम्बन्धि समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउन सक्छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादविवादको झमेलामा फसिने सम्भावना रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारिवारिक झोर झमेलाले सताउन सक्छ । तपाईँको कार्यको फाईदा अरुले सहजै लिन सक्ने छन् । तपाईँको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । व्यापार व्यवसायका निम्ति उत्तम समय रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरुको विश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने व्यक्तिहरूबाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाव झेल्नुपर्ला । पारिवारिक झर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ । खानपानको गडबढीका कारण सामान्य खर्चको सम्भावना रहेको छ । कार्य क्षेत्रमा अरुको दवाबको महसुस हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *