दक्षिणकाली माताले सबैको कल्याण गरुन् ! हेर्नुहोस् माघ ७ गते शनिबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ माघ ७ गते शनिबार । इश्वी सन् २०२३ जनवरी २१ तारिख माघ कृष्ण पक्ष औंशी तिथि । पूर्वाषाढा नक्षत्र हर्षण योग चतुष्पद करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा मातंग योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु दर्शश्राद्ध निशिबार्ने स्नानदान । औंशी हलो बार्ने आर्यघाटमा माधवनारायणमेला पारसी त्रिवेणी मेला (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरुसगको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भावना रहेको छ । अचल सम्पत्तिमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता बढ्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आम्दानी मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भावना रहेको छ । नजिकका व्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट बेर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । कामको क्षेत्रबाट सामान्य झन्जट बेर्होनु पर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
जीवन साथीको सहयोगले गरिएको व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ । मान्यजनको साथ सहयोगद्वारा गरिएका कार्यहरु सजिलै पूर्ण हुनेछन् । बोलीको प्रभावको कारण मान्यजनको साथ पाइनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनुपर्ने देखिन्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभ चिन्तकहरूकाे बृद्धि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पूर्ण विश्वास गर्दा तपाईँलाई घात हुनसक्छ । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनी नगरेकै वेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट बेर्होनु पर्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफूभन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहने छन् । बौद्धिक व्यक्तित्वसँगको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृपक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यति मन नलाग्नाने हुनाले सामान्य अपजस खेप्नुपर्ने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य कठिनाइ पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहने छ । पारिवारिक झरझमेलाको फन्दामा परिनाले दिन निरासापूर्ण रहला । कार्यक्षेत्रमा लगाइएको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आँट शाहसको कमीले कार्यमा व्यवधान आउला । प्रतिपक्षी समूह सबल रहदाँ तपाईँलाई आफ्नाे कमजोरीको महसुस हुनेछ । मनोरञ्जनपूर्ण यात्राको योग रहेको छ । हतासमा गरिएको कार्यले झन्झट दिलाउला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थमा आएको खराबीले कार्यमा ढिलाइ उत्पन्न गराउने छ । अरुको अनुशरणले तपाईँलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोविलासिताका सामान खरिदकाे योग रहेको छ । दम्पतिबीच सामान्य मनमुटाब रहला । वाणि तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
जीवन साथीको सहयोगले व्यापार व्यवसायमा सुधार आउनेछ । तपाइँकाेा जिद्दी स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सवारी साधनको प्रयोगमा ध्यान दिनुहोला । सही निर्णय हुन नसक्दा पारिवारिक कलहको सामाना गर्नुपर्नेछ । व्यापार व्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नाे प्रिय व्यक्तिसँगको बियोगले मन निरुत्साहित रहला । अन्य व्यक्तिको विश्वास गर्ने बानीमा सुधार ल्याउनु पर्नेछ । लापरबाहीले धनमालमा सामान्य क्षति हुने सम्भावना रहेको छ । मनोविलासिताका सामान खरिदकाे योग रहेको छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आम्दानी वृद्धिका लागि विद्धत व्यक्तित्वहरुको मार्गदर्शन अबलम्बन गर्नु लाभदायक रहला । मित्रजनको सहयोगबाट मन प्रशन्न रहला । बोलीको कारण साथीभाइ टाढिन सक्छन । आय आम्दानीका क्षेत्रमा जुट्ने समय रहेको छ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ सम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परिस्थितिसँग जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौद्धिक तथा आर्थिक विकासको बाटो फेला पर्ने छ । मेहेनतकाे राम्राे फल प्राप्त हुनेछ । व्यापार व्यवसायका लागि राम्राे समय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *