दक्षिणकाली माताले सबैको कल्याण गरुन्, हेर्नुहोस् माघ ५ गते बिहीबारको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ ५ गते बिहीबार ईश्वी सन् २०२३ जनवरी १९ तारिख माघ कृष्ण पक्ष द्वादशी तिथि पश्चात त्रयोदशी तिथि ज्येष्ठा नक्षत्र ध्रुव योग गर करण चन्द्रमा बृश्चिक राशिमा आनन्दादि योगमा काल योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु प्रदोषव्रत (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरुको कुरामा विशेष ध्यान नदिनु होला । मनमा कुविचारले बास गर्नाले भोलिको समयमा केही झन्झट पर्न सक्छ । खर्चको योग रहेको हुनाले लगानीमा ध्यान दिनुहोला । मान्यजनको साथ सहयोग पूर्णरुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापार व्यववसायको निम्ति राम्रो समय रहेको छ । मित्रजनहरुबाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको छिटो विश्वास गर्ने बानीको कारण तपाईँलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोगको निम्ति धेरै समय व्यतित हुन सक्छ । कुरा काट्ने व्यक्तिहरुको बृद्धि हुनेछ । शत्रु सबल रहलान् । आजको सामान्य खर्चले भोलिलाई फाईदामुलक हुनेछ । प्रिय व्यक्तिको भेटले मन प्रशन्न रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोरञ्जनको क्षेत्रमा धेरै समय व्यतित हुन सक्छ । सामान्य आम्दानी हुनसक्ने सम्भावना रहेको छ । नयाँ कार्यको थालनीले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता बेहोर्नुपर्ला । साझेझदारी कामको आम्दानी भने उत्तम रहनेछ । आय आर्जनका निम्ति समय राम्रो रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भौतिक स्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगबाट काममा विशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परिश्रमअनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनुहोला । तपाईँको प्रगतिमा आरिष गर्नेहरुबाट बच्नु पर्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको क्षेत्रमा भने साधारण झन्झट तथा अपजस सहनु पर्ला । आय आम्दानीमा बृद्धिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहने छ । मानसिक चञ्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट बेहोर्नु पर्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर वाणिका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसिक चिन्ता रहन सक्छ । विश्वासिला व्यक्तित्वबाट धोका हुनसक्ने छ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मान्यजनको भेटघाटबाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भावना रहन सक्छ । कार्यक्षेत्रमा सामान्य झन्झट ब्यहोनुपर्ला । शारीरिक आलस्यताले सताउने छ । साझेदारी काममा हात नहालेकै बेस हुनेछ । जीवन साथीको साथ सहयोगद्वारा व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विश्वासिला व्यक्तिबाट धोका हुनाले गरिरहेको काममा विशेष झमेला पर्नसक्छ । दाम्पतीबीच सामान्य कलह रहने सम्भावना रहनसक्छ । खराब संंगतको कारणले कार्यक्षेत्रमा सामान्य झन्झट बेर्होनुपर्ला । मनोविलासिताका सामानहरुमा सामान्य खर्च हुनसक्ने सम्भावना रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनीले गर्दा मन प्रशन्न रहला । मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्रसँगको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ । आम्दानीका दीर्घकालिन स्रोतहरु फेला पर्नेछन् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परिवारका कोही सदस्यहरुको स्वास्थमा झमेला पर्न सक्छ । बौद्यिक विकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुशलताले गर्दा आम्दानीको क्षेत्र सबल रहने छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनोरञ्जनको निम्ति धेरै समय व्यतित हुन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनुहोला, सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरिएका कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानीको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अपजस सहनुपर्ला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *