गोरखा । गोरखा नगरपालिका–४ पन्थेस्वाँराबाट कौडा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन् । आइतबार राति करिब ११ बजे कुखुराको खोरमा कौडा खेलिरहेका उनीहरुलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट करिब डेढ लाख नगद र ३९ वटा कौडा बरामद गरिएको छ । उनीहरुलाई जुवा ऐन अन्तरगत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
