काठमाडौं । सामाखुशीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।
२६ सामाखुशी चोकमा ना. ६ ख. ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का अशोक ताजपुरीयाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको उपचारका क्रममा , शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरीले जानकारी दिएको छ ।
