काठमाडौं । नेपाल टी-२० लिग अन्तर्गत जारी खेलमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले जनकपुरलाई १ सय ८० रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हरेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७९ रन जोडेको हो । काठमाडौंको लागि रायल ब्रुल र सुनम गौतमले अर्धसतक पुरा गरे । सुनमले ४७ बलमा ४ छक्का र ४ चौकाको सहयोगमा ६२ रन बनाए । यस्तै ब्रुलले ४० बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६१ रन बनाउँदा एलेक्स ब्लाकेले २० र अज्मातुल्लाह ओमारजाईले १० रनको योगदान गरे ।
जनकपुरको लागि जितेन्द्र मुखियाले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिँदा शराफुदिन अशार्फ र ट्रेभोन ग्रिफिथले समान एक-एक विकेट लिए ।
