पोखराको लगातार दोस्रो हार

काठमाडौं । नेपाल टी-२० लिगमा पोखरा एभेन्जर्सले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार दिउँसो भएको खेलमा पोखरा एभेन्जर्सलाई पाँच विकेटले पराजीत गर्दै जनकपुर रोयल्सले प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

जीतको लागि १ सय ३९ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३९ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । जनकपुरको लागि सन्दीप जोराले सर्वाधिक ४० रन बनाए । उनले ३० बलमा ३ छक्का र दुई चौका प्रहार गर्दै अवजित रहे । यस्तै सागर पुनलर ३५ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३८ रन बनाउँदा चन्द्विक वाल्टनले १९ रन बनाए ।

पोखराको लागि जाहिर खानले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिँदा शरद भेषवाकर र मौसम ढकालले एक-एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखरा १९.४ ओभरमा अलआउट हुँदै १ सय ३८ रनमा समेटिएको थियो । पोखराको लागि आसिफ शेखले अर्धसतक पूरा गरे । उनले ३९ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए । यस्तै सिद्दान्त लोहनीले २९, प्रतिस जिसीले २८ र अमिर हाम्जाले १८ रनको योगदान गरे ।

जनकपुरको लागि केस्रिक विलियम्सले ३.४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । यस्तै पवन सरार्फ, शराफुदिन अशार्फ र ललित राजवंशीले समान दुई-दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

जीतसँगै जनकपुरले एक खेलबाट २ अंक जोडेको छ । दुवै खेलमा पराजीत पोखरा अंकविहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *