काठमाडौं । नेपाल टी-२० लिगको दोस्रो दिन आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा विराटनगर सुपर किंग्सले लुम्बिनी अल स्टार्सको सामना गर्नेछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९:१५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । शनिबार भएको खेलमा फारवेस्ट युनाइटेडलाई ६७ रनले पराजीत गरेको लुम्बिनी आजको खेलमा जीत निकाल्दै आफ्नो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ भने पहिलो खेल खेल्न लागेको विराटनगर सुखद शुरुवात गर्न चाहन्छ ।
यस्तै आज हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र जनकपुर रोयल्स भिड्नेछन् । टियु क्रिकेट मैदानमै हुने खेल दिउँसो १:१५ बजे शुरु हुनेछ । आजको खेलमा दुवै टोली पहिलो जीतको खोजीमा हुनेछन् । हिजो भएको खेलमा पोखरा काठमाडौं नाइट्ससँग २६ रनले पराजीत भएको थियो भने जनकपुर पहिलो खेल खेल्न लागेको हो ।