काठमाडौं । नेपाल टी-२० लिग अन्तर्गत जारी उद्धाटन खेलमा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले पोखरालाई १ सय ६३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गर्न उत्रिएको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको हो । काठमाडौंको लागि अज्मातुल्लाह ओमारजाइले विस्फोटक ब्याटिङ गर्दै अर्धसतक पूरा गरे । उनले ४२ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ८५ रन बनाए । यस्तै काठमाडौंको लागि सुमन गौतमले अवजित २७ रन बनाउँदा अलेक्स ब्लाकेले २१ र भिरन्दिप सिंहले १० रन जोडे ।
पोखराको लागि प्रतिस जिसीले ३ ओभरमा ३१ रन दिएर दुई विकेट लिए । जहिर खानले ३ ओभरमा ३० रन दिएर दुई विकेट लिँदा मौसम ढकालले एक विकेट लिए ।
