नेपाल टी-२० लिग शनिबारबाट

काठमाडौं । नेपालको पहिलो आधिकारिक क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिग शनिबारबाट शुरु हुने भएको छ । शुक्रबारबाट शुरु हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले गर्दा शनिबारको लागि सरेको नेपाल क्रिकेट संघ(क्यान)ले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो ।

सुरुवातमा मङ्सिर २५ गतेलाई मिति तोकेको क्यानले प्रतियोगितालाई सार्दै पुस आठमा पुर्याएको थियो । तर प्रतियोगिता शुरु हुन २४ घण्टापनि बाँकी नरहेको बेला क्यानले प्रतियोगिता सारेको हो । यस्तै नेपाल टी-२० लिगको टुर्नामेन्ट डाइरेक्टरको रुपमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरेको क्यानले जनाएको छ ।

यता प्रतियोगिताको लागि विदेशी खेलाडी नेपालमा रहेका छन् भने सहभागि टोलीले धमाधम टोली सार्वजनिक गरिरहेका छन् । प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड भिड्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *