काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगको फ्रेन्चाइज टिम लुम्बिनी अल स्टार्सको कप्तानी दीपेन्द्र सिंह एरीले गर्ने भएका छन् । लुम्बिनीले नेपाली किकेट टोलीका अलराउण्डर दीपेन्द्रलाई बिहीबार टोलीको कप्तानको रुपमा सार्वजनिक गरेको हो ।
दीपेन्द्र टोलीको मार्की खेलाडीपनि हुन् । लुम्बिनीले मंगलबार १८ सदस्यीय टोलीको घोषणा गरेको थियो । लुम्बिनीको टोलीमा ७ विदेशी खेलाडी र ११ नेपाली खेलाडी रहेका छन् । यस्तै लुम्बिनीले मुख्य प्रशिक्षकको रुपमा इंग्ल्याण्डका पिटर ट्रेगोलाई अनुबन्ध गरेको थियो ।
लुम्बिनीले पुस ८ गते फार वेस्टर्न युनाइटेडसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
