राष्ट्रपति बनाउँदा संविधानको मर्मलाई ध्यान दिइयोस्ः महामन्त्री थापा

काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा २ ले आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा महामन्त्री थापाले नागरिकले खोजेको परिवर्तनलाई मध्यनजर गर्दै कांग्रेसले सकारात्मक सोचका साथ नयाँपन दिनसक्नुपर्ने बताएका हुन् ।

‘अब केही दिनभित्रै सरकार बनाउनुपर्नेछ भने राष्ट्रपतिको निर्वाचन पनि आएको छ’, उनले भने, ‘राष्ट्रपति बनाउँदा संविधानले जे परिकल्पना गरेको छ सोही मर्मलाई ध्यानमा राख्नुपर्नेछ ।’

आफू नयाँ अवधारणा र सोचका साथ सामाजिक काम गर्ने तयारीमा रहेको र त्यसको सुरुवात काठमाडौँ क्षेत्र नम्बर ४ बाट हुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *