कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । शनिबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी आइतबार बैठक बस्ने जानकारी दिएका हुन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ । बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *