फिफा विश्वकपको फाइनल मार्सिनियाकले खेलाउने

एजेन्सी । कतारमा जारी फिफा विश्वकप-२०२२ को फाइनल खेल पोलिस रेफ्री सायमन मार्सिनियाकले खेलाउने भएका छन् । विश्व फूटबलको सर्वोच्च निकाय(फिफा)को अनुसार आइतबार फ्रान्स र अर्जेन्टिनाबीच हुने फाइनल खेल मार्सिनियाकले खेलाउने भएका हुन् ।

जारी विश्वकपमा उनले समूहचरण अन्तर्गत फ्रान्स र डेनमार्क तथा अन्तिम १६ अन्तर्गत अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल खेलाइसकेका छन् । उक्त खेलमा फ्रान्स र अर्जेन्टिना विजयी भएका थिए ।

उनले यस विश्वकपमा मात्र पाँच पहेलो कार्ड देखाएका छन् भने हालसम्म रातो कार्ड र पेनाल्टी दिएका छैनन् । यसअघि क्वाटरफाइनल अन्तर्गत अर्जेन्टिना र नेदरल्यान्ड्सबीच भएको खेलमा रेफ्री एन्टोनियो माटेउ लाहोजले १६ खेलाडीलाई पहेंलो कार्ड देखाएपछि उनी आलोचनामा आएका थिए ।

यस्तै कतारका अब्दुलरहमन अल जासिमले शनिबार तेस्रो स्थानको लागि क्रोएसिया मोरोक्कोबीच हुने खेल खेलाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *