कालिन्चोक केवलकारको आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज मङ्सिर २८ गते अन्तिम दिन रहेको छ। कम्पनीले मङ्सिर १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपिओ बिक्रि खुला गरेकोमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १ लाख २० हजार कित्ता शेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ८ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार ८ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् भने आयोजना प्रभाववित स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ४९१० कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *