आफूले पाएको जिम्मेवारी महत्वपूर्णः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदवाहाली गर्दै उपप्रधानमन्त्री पोखरेलले आफूले पाएको जिम्मेवारी महत्वपूर्ण र जिम्मेवार पद भएको बताए ।

पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत सम्पत्ति शुद्धिकरण विभाग, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय योजना आयोग जस्ता महत्वपूर्ण निकायका कामलाई प्रभावकारी बनाउन आफू कटिबद्ध रहेको बताए ।

सरकारले जनताको गुनासो सुन्न र समस्या सम्बोधनका लागि हेलो सरकार गठन गरेको भएपनि त्यसको काम प्रभावकारी नभएको भन्दै आफूले हेलो सरकारको कामलाई प्रभावकारी बनाउने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

नीति र कानुनमा भएका कमी कमजोरीका विषयमा आफू केन्द्रित हुने भन्दै पोखरेलले सरकारको कामलाई प्रभावकारी बनाउन कर्मचारीको साथ र सहयोग आवश्यक रहेको पनि बताए । रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *