बारा-२ बाट जसपाका रामसहाय यादव निर्वाचित

काठमाडौं। बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व वनमन्त्री रामसहायप्रसाद यादव विजयी भएका छन् ।

संविधान सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। यादवले १३ हजार आठ सय २३ मत पाएका छन भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार चार सय ६८ मत पाए ।

यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादवले १० हजार सात सय ५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले सात सय ९८, जनमत पार्टीका राजेश साहले दुई हजार सात सय २५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले एक हजार एक सय ११ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *