विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ४९ वर्षीया कोरोना भाइरस संक्रमित महिलाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार संक्रमित महिलाको उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या रहेकी महिलाको आइतबार बेलुका स्वाब परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएको दाहालले जानकारी दिए।
