भक्तपुर-२ मा महेश बस्नेतले घटाए मतान्तर, कांग्रेसका थापा १० हजार भोट नजिक

काठमाडौं । भक्तपुर -२ मा एमाले उम्मेदवार महेश बस्नेतले मतान्तर घटाएका छन् । पछिल्लो मतपरिणाम अनुसार बस्नेतको ९ हजार २५ मत पुगेको छ ।

नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा भने १० हजार भोट नजिक पुगेका छन् । थापाको ९ हजार ९८७ भोट आएको छ । तेस्रो स्थानमा रहेकी नेमकिपाकी अनुराधा थापा मगरले २ हजार ६३ मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *