अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने सरकारको निर्णय, दशैँ यथास्थानमा मनाउन आह्वान

काठमाडौं । सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको हो ।

यसअघि सरकारले असोज मसान्तसम्म सीमा नाका बन्द गर्ने निर्ण गरेको थियो । अब त्यो निर्णय कात्तिक मसान्तसम्म जारी रहने छ । त्यस्तै बैठकले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनको व्यवस्थालाई केही खुकुलो बनाउने निर्णय गरेको छ ।

बैठकले एकतर्फको सिटमा एक जना मात्रै यात्री रहने व्यवस्था हटाइएको छ । यसअघि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो ।

अन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुले भने नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् । त्यस्तै सरकारले नेपालीहरुको ठूलो चाड वडादशैँ यथास्थानमा मनाउन आह्वान गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *