विराटनगर । विराटनगरमा रहेको को नोबेल शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।
अस्पताल प्रशासनका अनुसार आज बिहान सुनसरी बराहक्षेत्र नगरपालिकाका ३७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बराहक्षेत्र–५ का पुरुषको शनिबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो ।
