जुम्ला । नेकपा (एकीकृत समाजवादी) जुम्लाका अध्यक्ष सहितको बहुमत सदस्य नेकपा (एमाले) पार्टिमै फर्केका छन्।
नेकपा एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुबै जनाले संयुक्त विज्ञप्ति निकालेर पार्टी एक भएको घोषणा गरेका हुन्।
एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदि प्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर पार्टी समायोजनको बताए । उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पाटीको कुनै औचित्य नहेको बताए। उनले भने, ‘बहुमत सदस्य सहित सबै ऐमालेमै फर्केका छौ।’
मंसिर ४मा हुने निर्वाचनमा ऐमाले पाटीलाई पहिलो पाटी बनाउनका लागी एक मत भएको बताए । उनीहरुले (सोमवार) ऐमालेको पाटी कार्यलयमा पत्रकार भेटघाट कार्यक्रम गरि दुबै पाटी एक भएको घोषणा गरेका छन्।
पछिल्लो समय निर्वाचित जनप्रतिनिधि बाहेक अधिकांश नेता कार्यकर्ता एमाले फर्किन लागेको एक नेताले जानकारी दिएका छन्। नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीको सबैभन्दा धेरै प्रभाव जुम्ला जिल्लामा परेको थियो।