ट्वीटर भेरिफाइडका लागि अब मासिक ८ डलर तिर्नुपर्ने

काठमाडौं । ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न नीलो रंगको टिक मार्कका लागि अब हरेक महिना आठ डलर तिर्नुपर्ने भएको छ। यो जानकारी ट्वीटरका सीईओ एलन मस्कले दिएका हुन्।

यसअघि यसका लागि २० डलरको प्रस्ताव राखेका थिए। तर फरक फरक देशको फरक फरक क्रयशक्ति भएकाले क्रयशक्ति समता अनुसार मासिक आठ डलर तोकिएको हो।

एलन मस्कले ट्वीटरमा लेखेका छन्–आगामी दिनमा पैसा दिनेहरुका लागि कम विज्ञापन, खोज्न र जवाफ दिन सहज, लामो अडियो भिडियो पोष्ट गर्ने लगायतका धेरै सुविधा पाइने छ। यसबाट ट्वीटरको आम्दानी बढ्ने र कन्टेन्ट बनाउनेहरुलाई पनि फाइदा हुने मस्कको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *