काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचनका आचारसंहिता पालना गर्नुपर्ने जिम्मेवारी रहेका पक्षबाट आचारसंहिता उल्लंघन गर्ने क्रम बढ्दै गएको छ ।
निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न विभिन्न क्लब, सामुदायिक विद्यालय, महिला समूह, धार्मिक संघसंस्थानलाई आर्थिक सहयोग गर्ने, विभिन्न सामग्री वितरण गर्ने कार्य बढ्दै गएको हो ।
निर्वाचन आयोगका अनुसार उम्मेदवार, शिक्षक, स्थानीय तहका जनप्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको विषयमा धमाधम उजुरी परेको छ । आयोगले मंगलबार आचारसंहिता उल्लंघन गर्ने विभिन्न पक्ष स्पष्टीकरण सोधिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । नेपाल समाचारपत्र दैनिकबाट