स्विजरल्यान्डमाथि स्पेनको संघर्षपूर्ण जित

प्रज्जवल थापा ।

युइएफए नेसन्स लिगअन्तर्गत भएको खेलमा स्पेनले दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा स्पेनले स्विजरल्यान्डमाथी १-० को जित दर्ता गरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा भएको खेलमा स्पेनको जितमा मिकेल ओयरजावालले गोल गरे । ओयरजावालले खेलको १४औं मिनेटमा गरेको गोल नै स्पेनको जितमा निर्णायक बन्यो ।

२९औं मिनेटमा जेसस नाभासको क्रसमा फेरान टोरेसको प्रहारलाई गोलरक्षक सोम्मेरले उत्कृष्ट बचाउ गरे । ५३औं मिनेटमा ओयजजावालले गोलरक्षक सोम्मेरले गल्तीको फाइदा उठाउन नसक्दा स्पेनले अग्रता दोब्बर बनाउन मौका गुमायो ।

थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि स्पेन विजयी भएको थियो । जितसहित स्पेन ७ अङक सहित लिगको पहिलो स्थानमा रहेको छ भने ५ अङ्क जोडेको जर्मनी लिगको दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *