काठमाडौं। संसदीय निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूले महत्वाकांक्षी योजनासहितका चुनावी घोषणापत्र धमाधम जारी गरिरहेका छन् ।
यसै सिलसिलामा सोमबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सार्वजनिक गरेको घोषणापत्रमा महत्वाकांक्षी तर पूरा गर्न कठिन योजनाहरू अघि सारिएको छ ।
दलहरूले घोषणापत्रलाई आफ्ना एजेन्डाभन्दा विरोधी दललाई आलोचना गर्ने माध्यम बनाएका छन् । नेपाल समाचारपत्र दैनिकबाट